लगानी खबर, काठमाडौं – नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै बैंकका ३ हजार एक सयभन्दा बढी शेयरधनीहरूले अझैसम्म पनि शेयर अभौतिकीकरण नगराएकाे बताउँदै तत्काल शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हाे ।
बैंकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा प्रदान गरेकाे नगद लाभांश र बाेनस शेयर डिम्याट खाताकाे अभावमा सम्बन्धित खातामा जम्मा हुन नसकेकाे र भविष्यमा दिइने लाभांश पनि डिम्याट खाता नभइकन जम्मा नहुने भएकाले बैंककाे शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा सम्पर्क राखी शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।