Like us!
Follow us!

नेपाल फाइनान्सको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

नेपाल फाइनान्सको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

लगानी खबर, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले पुस १७ गते, शुक्रबारबाट  पुस २४ गते शुक्रबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू आज (पुस २८ गते, मंगलबार) खाेलिने भएकाे छ । 

उक्त बाेलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडाैँमा बिहान ११:३० बजे खाेलिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

फाइनान्सले मंसिर ४ गते, बिहीबारदेखि मंसिर २४ गते बुधबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहकाे २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार एक सय ६९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ffd32547e9d0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।