लगानी खबर, काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद शेयर सुरक्षित गर्ने आज (पुस २८ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनार्थका लागि भाेलि पाैष २९ गते, बुधबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गर्नेछ । त्यसैले आज (पाैष २८ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले माघ १३ गते, मंगलबारदेखि १:१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।
उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले माघ १३ गतेदेखि फागुन ३ गतेसम्म बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडाैँ, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
त्यस्तै, बैंककाे हकप्रदलाई इक्रा नेपालले 'इक्राएनपीआईआर सिङ्गल सी' रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।