Like us!
Follow us!

१५% लाभांश पारितसँगै प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

१५% लाभांश पारितसँगै प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

लगानी खबर, काठमाडौँ - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १३औं वार्षिक साधारण सभा आज (पुस २७ गते, साेमबार) कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौं सम्पन्न भएकाे छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरे बमाेजिम आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस १७ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।