लगानी खबर, काठमाडौँ - नेपाल धितोपत्र बोर्डसँग आवद्ध निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल, धितोपत्र व्यापारी लगायतका संस्थाहरुले आफ्नो खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्याउन पर्ने भएको छ ।
बाेर्डले एक विज्ञप्ति प्रकाशन गर्दै संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक प्रतिशत नाफा छुट्याउन पर्ने जानकारी दिएकाे हाे । उक्त रकम लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, यसबाट लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ ।
बाेर्डले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।