Like us!
Follow us!

लाभांश पारितसँगै छ्याङ्दी हाइड्रोको साधारण सभा सम्पन्न

लाभांश पारितसँगै छ्याङ्दी हाइड्रोको साधारण सभा सम्पन्न

लगानी खबर, काठमाडौँ - छ्याङ्दी हाइड्रोपावर लिमिटेडकाे साताैँ वार्षिक साधारण सभा आज (पाैष २७ गते, साेमबार) कम्पनीको केन्द्रिय कार्यालय, काठमाडौंमा सम्पन्न भएकाे छ । 

सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ । कम्पनीले पारित गरेकाे लाभांश पुस १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र पाउने छन् । 

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।