Like us!
Follow us!

सानिमा क्यापिटलले माघ ९ गतेदेखि सानिमा म्युचुअल फण्ड निष्कासन गर्दै

सानिमा क्यापिटलले माघ ९ गतेदेखि सानिमा म्युचुअल फण्ड निष्कासन गर्दै

लगानी खबर, काठमाडौं – सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते शुक्रबारदेखि सानिमा लार्ज क्याप फन्ड नामक सामुहिक लगानी कोष निष्कासन गर्ने भएकाे छ । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्न लागेकाे हाे । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म माघ ९ गते शुक्रबारदेखि माघ १३ गते मंगलबारसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा पर्याप्त आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

सानिमा लार्ज क्याप फन्डकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

5ffc055f06ab4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।