Like us!
Follow us!

एनआईसी एशिया बैंकलाई ४ कम्पनीको शेयर बेच्न हम्मेहम्मे , यसपटक बिक्री होला त ?

एनआईसी एशिया बैंकलाई  ४ कम्पनीको शेयर बेच्न हम्मेहम्मे , यसपटक बिक्री होला त ?

लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ४ वटा कम्पनीकाे शेयर बारम्बार लिलामी मार्फत् बिक्री खुल्ला गर्दा पनि बिक्री हुन हम्मेहम्मे परेकाे छ । यसअघि पाैष १९ गते, आइतबारबाट पाैष २४ गते शुक्रबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्दा बिक्री नभएपछि बैंकले फेरि भाउ घटाएर बिक्री खुल्ला गरेकाे छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ८९ हजार ६ सय ६४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २८ हजार ७ सय ९० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २ हजार ८ सय ६६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

कुनकाे मूल्य कति ?

१. नागरिक लगानी कोष​ = १५३०

२. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड​ = ३५०

३. एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ४३३

४. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ५०८

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज (पाैष १७ गते, साेमबार) बाट माघ ५ गते साेमबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ffbfeb6775cc.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।