Like us!
Follow us!

राष्ट्र बैंकले १४ अर्बको ट्रेजरी बिक्री गर्दै, आजै बोलकबोल

राष्ट्र बैंकले १४ अर्बको ट्रेजरी बिक्री गर्दै, आजै बोलकबोल

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले १४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ८ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र ३१ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ६ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असार २९ गते परिपक्क हुनेछ ।

त्यसैगरी, आज (पाैष २७ गते, साेमबार) २ बजे बोलकबाेल भएर भाेलि (पाैष २८ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

 ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ : 

5ffbf8b9d18f9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।