Like us!
Follow us!

३ वटा बैंकसहित १० कम्पनीको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

३ वटा बैंकसहित १० कम्पनीको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

लगानी खबर, काठमाडौं – आज (पुस २७ गते, साेमबार) विभिन्न १० वटा कम्पनीकाे साधारण सभा हुँदैछ । 

साेमबार साधारण सभा हुन लागेका कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :

१. हिमालयन बैंक लिमिटेड

हिमालयन बैंक लिमिटेडकाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २८औं वार्षिक साधारण सभा बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । बैंककाे मंसिर १४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गतेदेखि पाैष २७ गतेसम्म बैंककाे बुकक्लोज गरेको छ । त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंक लिमिटेडकाे मंसिर ३० गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २६औं वार्षिक साधारण सभा बैंककाे केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा बैंककाे कार्तिक १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १० गतेदेखि पाैष २७ गतेसम्म बैंककाे बुकक्लोज गरेको छ । त्यसैले, पाैष ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १५औं वार्षिक साधारण सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । सभामा बैंककाे मंसिर १९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत  बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गतेदेखि पाैष २७ गतेसम्म बैंककाे बुकक्लोज गरेको छ । त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको पाैष ५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे ८औं वार्षिक साधारण सभा हाेटल पाेखरा, ग्रान्ड, पार्दी, पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे मंसिर ९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गतेदेखि पाैष २७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. समृद्धि फाइनान्स कम्पनी लिमिटेड

समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे १९औं वार्षिक साधारण सभा हाेटल सामना, हेटाैँडा, मकवानपुरमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा हाल कायम चुक्ता पुँजीको २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । फाइनान्सले साधारण सभा प्रयाेजनका लागि पाैष २२ गतेदेखि पाैष २७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पाैष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

६. छ्याङदी हाइड्रोपावर लिमिटेड

छ्याङदी हाइड्रोपावर लिमिटेडको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साताैँ वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस १७ गते एक दिन बुकक्लाेज गरेको थियाे । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १३औं वार्षिक साधारण सभा कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा बिहान ११:३० बजे सुरू हुनेछ । सभामा कम्पनीकाे मंसिर १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस १७ गते एक दिन बुकक्लाेज गरेको थियाे । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

८. माउन्टेन इनर्जी नेपाल लिमिटेड

माउन्टेन इनर्जी नेपाल लिमिटेडकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको साताैँ वार्षिक साधारण सभा आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १७ गते एक दिन बुकक्लाेज गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

९. माउन्टेन हाइड्रो नेपाल लिमिटेड

माउन्टेन हाइड्रो नेपाल लिमिटेडकाे पौष ४ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको चौथो तथा पाँचौ वार्षिक साधारण सभा कालीमाटी ब्याक्वेंट, बिहान ११ बजेबाट सुरू हुनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १३ गतेदेखि पाैष २७ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, पाैष १२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

१०. सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेड

सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार दशाैँ वार्षिक साधारण सभा कम्पनीकाे केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।