Like us!
Follow us!

बरुण हाइड्रोको ५% बोनस आज पारित हुँदै

बरुण हाइड्रोको ५% बोनस आज पारित हुँदै

लगानी खबर, काठमाडौँ - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (पाैष २६ गते, आइतबार) हुँदैछ ।

कम्पनीकाे मंसिर २८ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको १७औं वार्षिक साधारण सभा पुस २६ गते आइतबार युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस १६ गते बुकक्लोज गरेको थियाे । त्यसैले, पुस १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।