Like us!
Follow us!

२ वाणिज्य बैंकसहित ४ कम्पनीको साधारण सभा आइतबार हुँदै, कुनले कति लाभांश दिँदै ?

२ वाणिज्य बैंकसहित ४ कम्पनीको साधारण सभा आइतबार हुँदै, कुनले कति लाभांश दिँदै ?

लगानी खबर, काठमाडौं – भाेलि (पुस २६ गते, आइतबार) विभिन्न ४ वटा कम्पनीकाे साधारण सभा हुँदैछ । तीमध्ये २ वटा वाणिज्य बैंक, एउटा विकास बैंक र एउटा जलविद्युत कम्पनी रहेका छन् ।

१. प्रभु बैंक लिमिटेड

प्रभु बैंक लिमिटेडकाे पाैष १ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १९औं वार्षिक साधारण सभा भाेलि पाैष २६ गते, आइतबार, बैंककाे केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १० गतेदेखि बैंककाे बुकक्लोज गरेको छ । त्यसैले, पाैष ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. नेपाल बंगलादेश बैंक लिमिटेड

नेपाल बंगलादेश बैंक लिमिटेडकाे पाैष ३ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २६औं वार्षिक साधारण सभा भाेलि पाैष २६ गते, आइतबार, बिहान ११:३० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १० गते एकदिन बैंककाे बुकक्लोज गरेको थियाे । त्यसैले, पाैष ९ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. लुम्बिनी विकास बैंक लिमिटेड

लुम्बिनी विकास बैंक लिमिटेडकाे पाैष ४ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा भाेलि पाैष २६ गते, आइतबार, बैंककाे केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे मंसिर २३ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गतेदेखि पाैष २६ गतेसम्म बैंककाे बुकक्लोज गरेको छ । त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. बरुण हाइड्रोपावर कम्पनी लिमिटेड

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे मंसिर २८ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको १७औं वार्षिक साधारण सभा भाेलि पुस २६ गते आइतबार युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस १६ गते बुकक्लोज गरेको छ। त्यसैले, पुस १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।