Like us!
Follow us!

पाँच वर्षमै सिडिएसलाई पून: अर्को छलाङ मार्ने अवसर : राधा पोखरेल

पाँच वर्षमै सिडिएसलाई पून: अर्को छलाङ मार्ने अवसर : राधा पोखरेल

राधा पाेख्रेल, काठमाडौँ 

(नेपाल लगानीकर्ता संघकी अध्यक्ष)

२०७२ साल माघ २ गते सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सेयर बजारमा एउटा यूगान्तकारी परिवर्तन ल्यायो । त्यो के भने ‘सेयर अभौतिकिकरण’ त्यस बेलाको सन्दर्भलाई स्मरण गर्ने हो सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले चालेको यो कदम उचाईमा उडेको बाजले जमिनमा चारो टिपेका चल्लालाई आफ्नो पन्जामा लिए बराबर थियो ।

सिडिएस एण्ड क्लियरिङ्ग हाउस लिमिटेडले २०७२ साल माघ २ गतेबाट एक्कासी अभौतिकिकरण ( डिम्याट ) भएका शेयर मात्रै बिक्री गर्न सकिने अन्यथा भौतिक शेयर बजारमा बिक्री नहुने सिस्टम अपग्रेड गरेर शेयर बजारको ईतिहासमै स्वर्णलिपी लेख्न सफल भयो ।

केही दिन बजारमा शेयर सर्टेज हुनु स्वभाविक नै थियो, त्यो भयो नै ! यस मौकामा झुर कम्पनीको शेयरको समेत डिमाण्ड बढेको र लगानीकर्ता ती सेयर किन्न तैँछाड र मैँछाड गरेको ताजा स्मरण अझै मेरो मानस पटलमा घुमिरहेको छ ।

चितुवा कराउनु र बाख्रो हराउनु भने जस्तै आजबाट धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मागलाई एड्रेस गरि राफसाफको समय T+2 गर्न मार्ग प्रशस्त गरिदिनु भनेको कतै २०७७ साल माघ २ गते देखि यो नयाँ नियम लागु गर्नु भनेको त होईन ? पक्कै पनि हाम्रो केही दिनको धर्यता पश्चात नै यो अवगत हुने छ ।

यो प्रचलित नेपाली उखान संयोग मात्रै हुन पनि सक्छ । कतै ठ्याक्कै पाँच/पाँच वर्षमा एउटा यूगान्तकारी परिवर्तनमा नियामक निकायहरु लागेका त होईनन् ? आम लगानीकर्ताको मनमा उत्पन्न भएको उनुत्तरित प्रश्न पनि यही हो । विगतका तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडा ज्यूले पूँजी बजार र मूद्रा बजारमा सुधार गर्न के के उपायहरु हुन सक्छन भनि बनाउनु भएको उच्च स्तरिय आयोगले औंल्याएका ५८ बुदे ( अल्पकालिन, मध्यकालिन र दिर्घकालिन, ) सुझावहरुको मुल मर्म र स्प्रिट अनुसार नै धितोपत्र बोर्डले निकालेको आजको बिज्ञप्तीलाई लिन सकिन्छ ।

पुँजी बजार र मुद्रा बजारको समस्या लिएर गठित आयोगमा यस कार्यको जग बसाउँने डा. खतिवडाको योगदानको कदर गर्न चाहन्छु । जे होस यस कदमले आम लगानीकर्तालाई धेरथोर फाईदा हुने कुरा ग्यारेन्टीका साथ भन्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्रेशित गरेको नियमावली संसोधन प्रश्तावलाई सहस्र स्विकार गरी लालमोहर लगाई दिने धितोपत्र बोर्डलाई हृदय देखि नै आभार व्यक्त गर्न चाहन्छु ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।