Like us!
Follow us!

यसकारण शनिबार उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

यसकारण शनिबार उपत्यकाकाे यी ठाउँमा बत्ती जाँदै

लगानी खबर, काठमाडौँ - आज (शनिबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  

बालाजु वितरण केन्द्र अन्तर्गतकाे ढुङ्गेधारा, गोलढुङ्गा र स्वयम्भु  फिडरमा पर्ने एच. टि (११००० भोल्ट) लाइन रिङराेड एरियामा सडक विस्तार कार्यको लागि स्थानान्तरण गनुपर्ने भएको हुनाले उक्त फिडरहरूबाट सञ्चालित क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म विद्युत सप्लाई बन्द हुने नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रले जानकारी दिएकाे हाे ।

त्यसैगरी, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff91d6da1742.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।