Like us!
Follow us!

चन्द्रागिरी हिल्सको आइपिओमा पहिलो दिनमै पर्यो मागभन्दा बढीको आवेदन

चन्द्रागिरी हिल्सको आइपिओमा पहिलो दिनमै पर्यो मागभन्दा बढीको आवेदन

लगानी खबर, काठमाडौँ -  चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज पहिलाे दिन रहेकाे छ ।

पहिलाे दिन दिउँसाे ३:३० बजेसम्ममा २ लाख ३१ हजार ८ सय ९२ जना आवेदकले ४७ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको ४७ लाख ९६ हजार ७ सय कित्ताकाे लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएकाे छ । याे सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३.४३ गुणा बढी आवेदन हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ कराेड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरकाे १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । 

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्ताको लागि छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमल, काठमाडाैँ, चन्द्रागिरी हिल्स लिमिटेड, थानकाेट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।