लगानी खबर, काठमाडौं – नेपाल धितोपत्र बोर्डले शेयर बजारमा ‘टी प्लस टू’ व्यवस्था कायम गरेकाे छ । बाेर्डले काराेबार राफसाफ तथा फछ्र्याैट प्रणाली ‘टी प्लस टू’ मा गर्न धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली-२०६९ संशोधन स्वीकृति गरेको छ ।
बोर्डले हाल कायम रहेको ३ दिनको राफसाफ अवधिलाई घटाएर २ दिनको बनाउने तयारी गरेको हो । हाल शेयर बजारमा टि प्लस थ्री को राफसाफ कार्यान्वयनमा रहेको छ । अर्थात शेयर खरिद बिक्रि भएको ३ दिनभित्र शेयर राफसाफ गरि सक्नु पर्ने हुन्छ ।
‘टी प्लस टू’ काे व्यवस्था लागू भएसँगै शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नु पर्छ ।
त्यसैगरी, धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिई टि प्लस टु कायम भएसँगै धितोपत्रको तरलतामा बृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डले अपेक्षा गरेको छ ।
नेपाल धितोपत्र बोर्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।