Like us!
Follow us!

आइपिओ ल्याउन लागेको पिपुल्स पावरले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

आइपिओ ल्याउन लागेको पिपुल्स पावरले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौँ - पिपुल्स पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीको पाैष २० गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा माघ १८ गते आइतबार, पिपुल्स पावर कम्पनी लिमिटेडकाे कार्यालयमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे । कम्पनीले साधारण शेयर (आइपिओ) निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेकाे छ । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।