Like us!
Follow us!

लाभांश पारितसँगै आरएसडिसी लघुवित्तको साधारण सभा सम्पन्न

लाभांश पारितसँगै आरएसडिसी लघुवित्तको साधारण सभा सम्पन्न

लगानी खबर, काठमाडौँ - आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साताैँ वार्षिक साधारण सभा आज (पाैष २४ गते, शुक्रबार) एशियन हाेटेल, कालिकानगर, रूपन्देहीमा सम्पन्न भएकाे छ । 

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरे बमाेजिम शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद लभांश (बाेनस शेयरकाे कर प्रयाेजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । संस्थाले पारित गरेकाे लाभांश पाैष ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले पाउने छन् । 

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा संस्थाकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।