Like us!
Follow us!

अपि पावरको शेयर बाँडफाँड : शेयर नपाउनेलाई पुस २७ गतेबाट पैसा फिर्ता हुने

अपि पावरको शेयर बाँडफाँड : शेयर नपाउनेलाई पुस २७ गतेबाट पैसा फिर्ता हुने

लगानी खबर, काठमाडौँ -  अपि पावर कम्पनी लिमिटेडले पाैष ६ गते, साेमबारबाट पुस १३ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद शेयरमा परेका बाेलपत्रहरू पाैष १९ गते, आइतबार खोलिएकाे छ । उक्त बाेलपत्रहरू पाैष २३ गते बाँडफाँड गर्न कम्पनीको सञ्चालक समितिमा पेश गरिएकाे छ । 

यसैगरी, बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा पाैष २७ गते, साेमबारबाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायनचौर, नक्साल, काठमाडौंमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेकाे छ ।

त्यसैगरी, बाँडफाँडमा परेको शेयरधनीहरुको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लिययरिङ्ग लिमिटेडमा सूचिकृत भएपश्चात बोलपत्र फाराममा उल्लेख गरेको हितग्राही खातामा जम्मा गरिने सूचनामा उल्लेख छ ।

कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff7f72fbf9b0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।