Like us!
Follow us!

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ४ कम्पनीको शेयर भर्ने आज अन्तिम मौका

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ४ कम्पनीको शेयर भर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले पाैष १९ गते, आइतबारबाट बिक्री खुल्ला गरेकाे ४ कम्पनीकाे लिलामी शेयरमा आवेदन दिने आज (पाैष २४ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले आफ्नाे स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ९० हजार ३ सय ७४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ३० हजार २ सय ९० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ३ हजार ९ सय ७६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

कुनकाे मूल्य कति ?

१. नागरिक लगानी कोष​ = १७१५

२. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड​ = ३३७

३. एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ४६९

४. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ५५०

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।