लगानी खबर, काठमाडौँ - सान्जेन जलविद्युत कम्पनी लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा आज (पाैष २४ गते, शुक्रबार) हुँदैछ ।
कम्पनीकाे मंसिर २६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको दशाैँ वार्षिक साधारण सभा चिलिमे जलविद्युत कम्पनीकाे सभाहल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस १७ गतेदेखि पुस २४ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।