Like us!
Follow us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज हुँदै : यस्ता छन् पारित हुने एजेन्डा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज हुँदै : यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (पाैष २४ गते, शुक्रबार) हुँदैछ ।

बैंककाे मंसिर ३० गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३४औं वार्षिक साधारण सभा एभरेष्ट हाेटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसाे १२:१५ बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे कार्तिक १३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू पनि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष २४ गतेसम्म बैंककाे बुकक्लोज  गरेको छ । त्यसैले, पाैष ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।