लगानी खबर, काठमाडौँ - आगामी माघ १ गतेदेखि अन्तर बैंक एटीएमबाट दिइएको नि : शुल्क कारोबारको सुविधा बन्द हुने भएकाे छ । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्काे बैंक तथा वित्तीय संस्थाकाे एटिएममा प्रयाेग गर्दा मासिक न्यूनतम २ वटा काराेबारसम्म नि:शुल्क गर्नुपर्नेछ र २ वटा भन्दा बढी काराेबारकाे हकमा प्रति काराेबार २० रूपैयाँसम्म शुल्क लिन सक्नेछन् ।
राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।