Like us!
Follow us!

दैनिक नयाँ उचाई कोर्दै शेयर बजार

दैनिक नयाँ उचाई कोर्दै शेयर बजार

लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (बिहीबार) पनि शेयर बजार दाेहाेराे अंकले बढेर नेप्से २१९४.४८ विन्दुमा पुगेकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । यसअघि हिजाे मात्र नेप्से सूचक २१७८.५७ विन्दुमा पुगेको थियो । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । तर इन्ट्रा डे कारोबारमा भने नेप्से २२ सय अंक माथि पुगिसकेको छ । शेयर बजार दैनिक नयाँ उचाईतर्फ लम्किँदै गर्दा लगानीकर्ताहरू पनि उत्साहित बनेका छन् । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १५.९१ अंकले बढेर २१९४.४८ मा पुगेकाे छ । नेप्से ०.७३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.०८ अंकले बढेर ४२१.२२ मा पुगेको छ ।

कूल २०८ वटा कम्पनीकाे एक कराेड १७ लाख ६७ हजार ४ सय ९२ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २ सय ७९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूह अर्थात अन्यकाे शेयर मात्र घटेकाे छ ।

त्यसैगरी, बिहीबार ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

 हेराैं आजकाे शेयर तालिका :

5ff6d4a469825.jpg 5ff6d4aaf3e8c.jpg 5ff6d4b18669f.jpg 5ff6d4b84df2f.jpg 5ff6d4be7f9ad.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।