लगानीखबर काठमाडाैं - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३९ दशमलव ७७ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।
यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले २० करोड ९६ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा २७ दशमलव ३३ प्रतिशतले धेरै हाे । गत वर्ष कम्पनीले १६ करोड ४६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ७८ दशमलव ३२ प्रतिशतले बढेर ५ करोड १० लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीकाे बिमा कोषमा २ करोड ८६ लाख रुपैयाँ थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ७० करोड रुपैयाँ र जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ७ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्नका लागि असार ५ गते शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।