Like us!
Follow us!

२ वाणिज्य बैंकसहित ५ कम्पनीको साधारण सभा शुक्रबार हुँदै, कुनले कति लाभांश दिँदै ?

२ वाणिज्य बैंकसहित ५ कम्पनीको साधारण सभा शुक्रबार हुँदै, कुनले कति लाभांश दिँदै ?

लगानी खबर, काठमाडौं – भाेलि (पुस २४ गते, शुक्रबार) विभिन्न ५ वटा कम्पनीकाे साधारण सभा हुँदैछ । तीमध्ये २ वटा वाणिज्य बैंक, एउटा जलविद्युत कम्पनी र २ वटा लघुवित्त रहेका छन् ।

१. सनराइज बैंक लिमिटेड

सनराइज बैंक लिमिटेडकाे मंसिर २५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा भाेलि पाैष २४ गते, शुक्रबार आम्रपाली ब्यान्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा बैंककाे मंसिर ७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ७ गते एक दिनका लागि बैंककाे बुकक्लोज गरेको थियाे । त्यसैले, पाैष ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे मंसिर ३० गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३४औं वार्षिक साधारण सभा भाेलि पाैष २४ गते, शुक्रबार, एभरेष्ट हाेटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसाे १२:१५ बजेबाट सुरू हुनेछ । सभामा बैंककाे कार्तिक १३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष २४ गतेसम्म बैंककाे बुकक्लोज गरेको छ । त्यसैले, पाैष ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पाैष २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा भाेलि पाैष २४ गते शुक्रबार, संस्थाकाे रजिष्टर्ड कार्यालय, साँगा, काभ्रेमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा संस्थाले निष्कासन गर्न लागेकाे हकप्रद तथा साधारण शेयर (आइपिओ) सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते, बुधबार नै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरिसकेकाे छ । संस्थाकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ । 

४. आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मंसिर २८ गते बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा भाेलि पाैष २४ गते शुक्रबार, एशियन हाेटेल, कालिकानगर, रूपन्देहीमामा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा संस्थाकाे असाेज २४ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद लभांश (बाेनस शेयरकाे कर प्रयाेजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १० गते बुकक्लोज गरेको थियाे । त्यसैले, पाैष ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. सान्जेन जलविद्युत कम्पनी लिमिटेड 

सान्जेन जलविद्युत कम्पनी लिमिटेडकाे मंसिर २६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको दशाैँ वार्षिक साधारण सभा भाेलि पुस २४ गते शुक्रबार चिलिमे जलविद्युत कम्पनीकाे सभाहल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस १७ गतेदेखि पुस २४ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।