Like us!
Follow us!

सिटिजन्स बैंकसँग बिलिन हुन तिनाउ मिसनले पनि डाक्याे साधारण सभा

सिटिजन्स बैंकसँग बिलिन हुन तिनाउ मिसनले पनि डाक्याे साधारण सभा

लगानी खबर, काठमाडौँ - तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे पुस २२ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा माघ १५ गते बिहीबार अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट, सुख्खानगर, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा बैंककाे पाैष १ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६ सय ३२ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । सभामा सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९६ शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा बाेनस वितरण गर्ने प्रयाेजनकाे निमित्त माघ २ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, माघ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा बाेनस प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff6b26d51f62.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।