लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।
बैंककाे पुस २२ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा माघ १५ गते बिहीबार बैंकको प्रधान कार्यालय रहेकाे भवन, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि वेभिनारकाे माध्यमबाट सञ्चालन हुनेछ ।
विशेष साधारण सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । सभामा सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९६ शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइनेछ । यसैगरी, सभामा बैंकको अधिकृत पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि पेश हुनेछ ।
त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त माघ २ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, माघ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।