Like us!
Follow us!

सनराइज क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

सनराइज क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - सनराइज क्यापिटल लिमिटेडले दशाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे पुस १६ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा माघ १६ गते, शुक्रबार सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसाे २ बजेदेखि सुरू हुनेछ ।

सभामा सञ्चालक समितिबाट सिफारिस गरिए बमाेजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff69670d0f6b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।