Like us!
Follow us!

मानुषी लद्युवित्तले आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआई मर्चेन्टलाई

मानुषी लद्युवित्तले आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआई मर्चेन्टलाई

लगानीखबर , काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

लद्युवित्तले  प्रति शेयर अंकित मूल्य  १०० रुपैयाँको दरले  ३ लाख कित्ता अर्थात ३ करोड रुपैयाँको आइपिओ निश्कासन गर्ने लागेको हो । आइपिओ निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जिम्मा पाएको छ ।

लद्युवित्तले  नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलिमिटेड गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।