Like us!
Follow us!

२ कम्पनीको साधारण सभा आज हुँदै, कुनको के एजेन्डा ?

२ कम्पनीको साधारण सभा आज हुँदै, कुनको के एजेन्डा ?

लगानी खबर, काठमाडौँ - विभिन्न २ वटा कम्पनीकाे वार्षिक साधारण सभा आज (पाैष २३ गते, बिहीबार) हुँदैछ । बोटलर्स नेपाल (बालाजु) र सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सभा आज हुन लागेकाे हाे ।

१. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीकाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको नवाैँ वार्षिक साधारण सभा पुस २३ गते बिहीबार, अकामा हाेटेल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पुस १३ गते बुकक्लाेज गरेको थियाे । त्यसैले, पुस १२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. बोटलर्स नेपाल (बालाजु)

कम्पनीकाे कार्तिक २६ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको बयालिसौँ वार्षिक साधारण सभा पुस २३ गते बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, बालाजु औद्योगिक क्षेत्र, बालाजु, काठमाडौंमा दिउँसाे १ बजेबाट सुरू हुनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, पुस ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।