लगानी खबर, काठमाडौँ - दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड अम्बासडर घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहनेछन् ।
पहिलोपटक विद्युतीय सवारी साधनको ब्रान्डलाई अनुमोदन गर्दै श्रेष्ठले चीरस्थायी विकास र नेपालीको सुस्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा प्रशन्न रहेकाे बताएका छन् ।
श्रेष्ठसँगको सहकार्य घोषणा गर्दै दिगोका सिइओ हेमन्त पुरानिकले मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा आफुहरू धेरै उत्साहित रहेकाे बताएका छन् ।
दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रूपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।