Like us!
Follow us!

टेलिकमले ल्यायो नयाँ व्यवस्था

टेलिकमले ल्यायो नयाँ व्यवस्था

लगानीखबर , काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले महामारीकाे समयमा आफ्ना ग्राहकहरूलाई थप सेवा पुर्याउने हिसावले विभिन्न नयाँ सुविधाहरू सञ्चालनमा ल्याउने क्रम जारी राखेकाे छ । 

टेलिकमले रिचार्ज गर्न र नयाँ प्रिपेड सिम एक्टिभ गर्न नयाँ कोड सञ्चालनमा ल्याएकाे हाे । अब टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि *४१२#  प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ।

त्यसपश्चात त्यहाँ उल्लेखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिने टेलिकमले जनाएकाे छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप (एसआईपी) सेवाहरुको रिचार्ज यूएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ।

त्यसैगरी, नयाँ सिम एक्टीभेट गर्न हाल १४१५ मा कल गरी ‘फस्र्ट कल एक्टिभेसन’ गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१४# डायल गरी एफसीए गर्न सकिने व्यवस्था पनि टेलिकमले मिलाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।