Like us!
Follow us!

लाभांश पारितसँगै सिनर्जी पावरको संयुक्त साधारण सभा सम्पन्न

लाभांश पारितसँगै सिनर्जी पावरको संयुक्त साधारण सभा सम्पन्न

लगानी खबर, काठमाडौँ -  सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडकाे १२औँ, १३औँ र १४औँ वार्षिक साधारण सभा आज (पुस २२ गते, बुधबार) कम्पनीकाे रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएकाे छ । 

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

सभाले कम्पनीकाे मंसिर ३० गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले निर्णय गरे बमाेजिम शेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ ।

यसका साथै, सभामा सञ्चालक समितिकाे तर्फबाट कम्पनीकाे अध्यक्षद्वारा वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा कम्पनीकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।