Like us!
Follow us!

आरम्भ चौतारी लघुवित्तको मर्जर सम्झौता रद्द : कारोबार फुक्का

आरम्भ चौतारी लघुवित्तको मर्जर सम्झौता रद्द : कारोबार फुक्का

लगानी खबर, काठमाडौँ -  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिएकाे छ । सिवाईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच भएको मर्जर सम्झौता रद्द भएपछि आरम्भ चौतारीको कारोबार फुकुवा गरिएकाे हाे ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडले असाेज ९ गते शुक्रबार एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएकाे हुनाले असाेज ११ गते, आइतबारबाट शेयर कारोबार रोक्का गरिएकाे थियाे ।

त्यस्तै, अब आरम्भ चौतारी लघुवित्तले बनेपामा केन्द्रिय कार्यालय रहेको बिपिडब्लु लघुवित्त र बुटवलमा केन्द्रिय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । संस्थाको सञ्चालक स्तरीय मर्जर समितिको सिफारिसमा पुस १० गते उक्त दुई संस्थालाई प्राप्ति गर्ने निर्णय गरेको हो । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff57a56e77b5.jpg 5ff57a6ae1c44.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।