Like us!
Follow us!

खल्ती डिजिटल वालेटमा आइफोन १२ जित्ने अवसर

खल्ती डिजिटल वालेटमा आइफोन १२ जित्ने अवसर

लगानी खबर, काठमाडौँ - खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जाेडिने व्यक्तिहरूका लागि “Khalti मा iPhone 12” अभियान मार्फत आइफाेन १२ जित्ने अवसर ल्याएकाे छ । यस अभियान अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफाेन १२ पाउन सक्नेछन्। 

खल्तीले आफ्नो भाईबर स्टिकरको लन्च अन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जाेडिने ग्राहकहरूका लागि यो योजना ल्याएकाे हाे । उक्त याेजनामा सहभागी हुनेहरूमध्य बम्पर उपहारमा एक जनाले आइफाेन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्नेछन् । 

यस याेजनामा सहभागी हुन खल्तीको भाइबर कम्युनिटीमा जाेडिएपछि वेवसाइट Khalti.com वा खल्ती मोबाइल एपको होमस्क्रिनमा रहेकाे खल्ती ‘बजार’ मा गइ “‘Khalti मा आइफाेन १२” क्याम्पेनमा गएर २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नुपर्नेछ ।

त्यसैगरी, विजेताकाे घाेषणा याेजना सकिएको ७ दिनपछि फेसबुक लाईभमा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएकाे छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।