Like us!
Follow us!

१२ वटा हाइड्रोपावरको लाभांश घोषणा, कुनले कति दिँदै ?

१२ वटा हाइड्रोपावरको लाभांश घोषणा, कुनले कति दिँदै ?

लगानी खबर, काठमाडौँ - हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न १२ वटा हाइड्रोपावरहरूले आर्थिक वर्ष २०७६/७७ बाट कम्पनीका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ । ती मध्ये, ५ वटा कम्पनीकाे लाभांश साधारण सभाबाट समेत पारित भइसकेकाे छ ।

कुन हाइड्रोपावरले कति दिन्छन् लाभांश ?

१. बुटवल पावर कम्पनी लिमिटेड :

बुटवल पावर कम्पनी लिमिटेडको पाैष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पाैष २८ गते, मंगलबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा हुन लागेकाे कम्पनीको २८औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । 

२. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड :

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे मंसिर १५ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पुस २३ गते बिहीबार, अकामा हाेटेल, काठमाडौंमा हुन लागेकाे कम्पनीको नवाैँ वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।  

३. चिलिमे जलविद्युत कम्पनी लिमिटेड :

चिलिमे जलविद्युत कम्पनी लिमिटेडकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष १२ गते, आइतबार सम्पन्न भएकाे कम्पनीको २४औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

४. बरुण हाइड्रोपावर कम्पनी लिमिटेड :

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे मंसिर २८ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उकत लाभांश पुस २६ गते आइतबार युनियन हाउस, अनामनगर, काठमाडौंमा हुन लागेकाे कम्पनीको १७औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।  

५. अपि पावर कम्पनी लिमिटेड :

अपि पावर कम्पनी लिमिटेडकाे मंसिर ८ गते, साेमबार सम्पन्न भएकाे वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशतका दरले बाेनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

६. ङादी ग्रुप पावर कम्पनी लिमिटेड :

ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे पुस ६ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पुस २८ गते मंगलबार कम्पनीको रजिष्टार्ड कार्यालय हनुमानस्थान अनामनगरमा हुन लागेकाे कम्पनीकाे साताैँ वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।  

७. युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड :

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  कर सहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष २२ गते, बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा - २, कमलादी, काठमाडौंमा हुन लागेकाे कम्पनीको साताैँ वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

८. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड :

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयाेजनका लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश पाैष ८ गते, बुधबार सम्पन्न भएकाे कम्पनीकाे २३औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

९. अरुण काबेली पावर कम्पनी लिमिटेड :

अरुण काबेली पावर कम्पनी लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश मंसिर २२ गते, साेमबार सम्पन्न भएकाे कम्पनीकाे १०औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

१०. रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड :

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीकाे शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश मंसिर २६ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे १९औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

११. सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड :

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे मंसिर ३० गते मंगलबार, बसेको सञ्चालक समितिकाे बैठकले कम्पनीका शेयरधनीहरूलाई  ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पाैष २२ गते, बुधबार हुन लागेकाे कम्पनीकाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

१२. छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेड :

छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडकाे मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश कम्पनीले पुस २७ गते साेमबार हुन लागेकाे कम्पनीकाे साताैँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।