Like us!
Follow us!

बुधबार पनि बढ्याे सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

बुधबार पनि बढ्याे सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

बुधबार सुनकाे मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतिताेला ९६ हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतिताेला ९६ हजार २ सय रूपैयाँ कायम भएको छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ४० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।