Like us!
Follow us!

यसकारण बुधबार ललितपुरकाे यी ठाउँमा बत्ती जाँदै

यसकारण बुधबार ललितपुरकाे यी ठाउँमा बत्ती जाँदै

लगानी खबर, काठमाडौँ - आज (बुधबार) ललितपुर उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  

ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिङरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले पुलचोक वितरण केन्द्रको रिङरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिधारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे ।

त्यसैगरी, विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति माफी माग्दै काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।