Like us!
Follow us!

माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप, के-के छन् विशेषता ?

माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप, के-के छन् विशेषता ?

लगानीखबर , काठमाडौं – हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड - १९) सारा विश्व नै प्रविधि (टेक्नोलोजी) मैत्री बन्दै गएको छ । यतिबेला अत्यन्तै लाेकप्रिय बन्दै गएकाे प्राविधिक क्षेत्रमा अग्रणी संस्था माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ ।

नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीहरुले जनाएका छन् । यस एपले विद्युतीय सामग्री प्रयोगकर्तालाई स्क्रिन हेर्न नियन्त्रण गर्ने, स्क्रिनबाट बालबालिकाको स्वास्थ्य जोगाउने लगायतमा पनि सहयोग गर्नेछ ।

यो एप आइओएस र एड्रोइड दुवैमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले ट्वीटरमार्फत् जानकारी दिएका छन् । बालबालिकाहरुलाई कस्ता वेबसाइट हेर्न दिने र कस्ता साइट हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने व्यवस्था पनि यस एपमा गरिएको छ । नयाँ एपका प्रयोगकर्तालाई विद्युतीय सामग्रीहरुलाई बालमैत्री बनाउने, क्षति न्यूनीकरण गर्ने, स्वास्थ्यलाई फाइदा गराउने, बानी व्यहोरामा सुधार ल्याउनेलगायतका फाइदा हुने कम्पनीले बताएकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।