Like us!
Follow us!

३ कम्पनीको साधारण सभा आज हुँदै, कुनको के एजेन्डा ?

३ कम्पनीको साधारण सभा आज हुँदै,  कुनको के एजेन्डा ?

लगानी खबर, काठमाडौँ - विभिन्न ३ वटा कम्पनीकाे वार्षिक साधारण सभा आज (पाैष २२ गते, बुधबार) हुँदैछ । बोटलर्स नेपाल (तराई), युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे साधारण सभा आज हुन लागेकाे हाे ।

१. बोटलर्स नेपाल (तराई)

कम्पनीकाे कार्तिक २६ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको चौतीसौँ वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालाजु औद्योगिक क्षेत्र, बालाजु, काठमाडौंमा दिउँसाे १ बजेबाट सुरू हुनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुकक्लाेज गरेको छ । त्यसैले, पुस ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

२. युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड

कम्पनीको मंसिर २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको साताैँ वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा - २, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  कर सहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुकक्लोज गरेकाे थियाे । त्यसैले, पुस २ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड

कम्पनीकाे १२औँ, १३औँ र १४औँ वार्षिक साधारण सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, नक्सालबाट जुममार्फत सञ्चालन गरिनेछ । सभामा कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई  ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस १२ गतेदेखि बुकक्लोज गरेकाे छ । त्यसैले, पुस ९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।