Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।

बैंककाे १३ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ४७८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ५४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे पाैष १० गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३४औं वार्षिक साधारण सभा माघ ८ गते, बिहीबार, बैंककाे केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा बैंककाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ५.५०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा अधिकृत पुँजी १८ अर्ब पुर्याउने, उपयुक्त संस्थासँग गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना संचालकको समेत निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।