लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुसँग विवरणहरु माग गरेको छ ।
नेप्सेले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम ११ बमाेजिम सूचिकृत संगठित संस्थाहरूकाे वर्गिकरण गर्नुपर्ने व्यवस्था रहेकाे बताउँदै आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुको वर्गिकरणको लागि कम्पनीसँग विवरण माग गरेको हो ।
नेप्सेले तोकेको ढाँचामा फारम भरेर माघ १५ गतेसम्म कार्यालय समय भित्र आउने गरी आवश्यक विवरणहरु उपलब्ध गराउन निर्देशन दिएको हो । उक्त विवरण प्राप्त भएपछि नेप्सेले कम्पनीहरुलाई 'ए', 'बि', 'जि' र 'जेड' वर्गमा वर्गिकरण गर्ने गरेको छ ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।