Like us!
Follow us!

हाइड्रोपावरमा ओइरिए लगानीकर्ता : मंगलबार यी हाइड्रोपावरका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो त ?

हाइड्रोपावरमा ओइरिए लगानीकर्ता : मंगलबार यी हाइड्रोपावरका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो त ?

लगानी खबर, काठमाडौँ - शेयर बजारमा आज (मंगलबार) सामान्य गिरावट देखिएकाे छ । नेप्से सूचक झिनाे अंकले घटेकाे छ ।

मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ मा पुगेकाे छ । नेप्से ०.१६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अंकले घटेर ४१३.६८ मा पुगेको छ । कूल २०६ वटा कम्पनीकाे एक कराेड ८ लाख ९ हजार ६ सय २५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार एक सय ७८ रुपैयाँको कारोबार भएकाे छ । 

मंगलबार बढ्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावरहरू रहेका छन् । मंगलबार ४ वटा हाइड्रोपावरकाे शेयर सकारात्मक सर्किटकाे लेभलमा काराेबार भएकाे छ । यस दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको ९.८७ प्रतिशत, हिमाल दोलखाको ९.८४ प्रतिशत, रिडी हाइड्रोको ९.६६ प्रतिशत, जोशी हाइड्रोको ९.३५ प्रतिशत, आँखुखोला हाइड्रोपावरको ९.२४ प्रतिशत, घलेम्दी हाइड्रोको ९.१७ प्रतिशत, प्रभु लाइफ इन्स्याेरेन्सकाे ८.९७, गणपती माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८.५९ र माउन्टेन हाइड्राे नेपाल लिमिटेडकाे ८.२४ प्रतिशतले बढेकाे छ ।

5ff43f3fc63d8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।