लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ मा पुगेकाे छ । नेप्से ०.१६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अंकले घटेर ४१३.६८ मा पुगेको छ ।
कूल २०६ वटा कम्पनीकाे एक कराेड ८ लाख ९ हजार ६ सय २५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार एक सय ७८ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ।
त्यसैगरी, मंगलबार ७ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर, रिडी हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।