Like us!
Follow us!

शिखर इन्स्योरेन्सले गर्यो बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

शिखर इन्स्योरेन्सले गर्यो बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

लगानी खबर, काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे  पुस २० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९  प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षकाे असार मसान्तसम्म कायम चुक्ता पूँजीकाे ३६.१ प्रतिशत बाेनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । तर, यस आर्थिक वर्षमा इन्स्याेरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातकाे चुक्ता पूँजीका आधारमा लाभांश २९.२३१ प्रतिशत हुन आएकाे हाे।

उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff439bd3e884.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।