लगानी खबर, काठमाडौँ - समता लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।
संस्थाकाे पाैष १४ गते सम्पन्न भएकाे साताैँ वार्षिक साधारण सभाले पारित गरेकाे ६.३२ प्रतिशत (करसहित) नगद लाभांश बुकक्लाेज हुँदासम्म अर्थात् पाैष ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा नै जम्मा गरिएकाे संस्थाले जनाएकाे छ ।
त्यसैगरी, संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ ।
यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
संस्थाको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेकाे छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।