Like us!
Follow us!

गुहेश्वरी मर्चेन्टको शेयरमूल्य समायाेजन

गुहेश्वरी मर्चेन्टको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।

फाइनान्सकाे ८ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १९३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य २०८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

फाइनान्सकाे मंसिर २४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ११.४० प्रतिशत लाभांश वितरण गरिनेछ ।

5ff3d5ad40a1f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।