लगानी खबर, काठमाडौँ - कुमारी बैंक लिमिटेडले आफ्ना ९ नयाँ शाखाहरूको औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ ।
बैंकले साेमबार उपत्यका भित्रका सात शाखाहरू : बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरेका हुन् ।
यसैगरी, बेलबारी शाखा बैंकका सञ्चालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रूपमा गरेका हुन् । यसैगरी, फिक्कल शाखाको उद्घाटन पनि बैंकका सञ्चालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रूपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिनालगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरूको उपस्थितिमा सम्पन्न गरेका हुन् ।
बैंकले आफ्ना देशभर रहेका १९२ शाखा संजाल, १५२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा १३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।