Like us!
Follow us!

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद ल्याउन बोर्डबाट अनुमति

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद ल्याउन बोर्डबाट अनुमति

लगानी खबर, काठमाडौँ - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले १:१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन गर्न कार्तिक २८ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा बोर्डबाट आज (पाैष २० गते, साेमबार) अनुमति पाएको हो ।  

बैंककाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

5ff2f141a5ebf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।